काठमाडौंबाट धनगढी जानुभन्दा दिल्लीको हवाइ भाडा सस्तो !

518
Shares

काठमाडौं । आन्तरिक उडानको सबैभन्दा टाढाको गन्तव्य मानिने र तुलनात्मक रुपमा अरु गन्तव्यभन्दा धेरै सयम लाग्ने धनगढी जाँदा लाग्ने भाडासँग तुलात्मक रुपमा अन्तर्राष्ट्रिय गन्तव्यको भाडादर महँगो हुने गर्छ । तर, अहिले काठमाडौंबाट धनगढी उडानको भन्दा काठमाडौं-दिल्लीको भाडादर सस्तो रहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको आन्तरिक उडानको हवाईभाडा दर ।

सोमबारका लागि काठमाडौंबाट दिल्ली जाँदा लाग्ने भाडादर १३ हजार हजार २ सय रहेको छ । तर दशैंलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको आन्तरिक उडानको गन्तव्य काठमाडौं-धनगढीको हवाई भाडा १७ हजार ५ सय रुपैयाँ रहेको छ।

हाल आन्तरिक वायुसेवा कम्पनीले अधिकतमभन्दा सस्तो भाडादरमै उडान गर्ने गरेका भए पनि अधिकतम भाडादर १७ हजार नै पुग्छ । यात्रुकाे माग बढ्दै जाँदा लिने भाडादर पनि बढ्दै जाने गरेको छ ।

सोमबारकाे लागि तय भएको काठमाडौं दिल्ली हवाई भाडा ।

धनगढी जानुभन्दा अन्तर्राष्ट्रिय गन्तव्य दिल्ली जाँदा सस्तो भाडादर आउने गरेको बेला आन्तरिक उडानकै भाडादर छोइनसक्नु हुने गरेको छ । आन्तरिक उडानमा लाग्ने भाडा सोही समय अनुसार अन्तर्राष्ट्रिय उडानमा बढी हुने गरेको भए पनि काठमाडौंबाट हुने अन्तार्राष्ट्रिय र आन्तरिक उडानको गन्तव्यको भाडादर फरक हुने अनुमान गरिए पनि व्यवहारिक रुपमा फरक भएको हुन्छ।

आन्तरिक उडानको भाडादर

काठमाडौंबाट दिल्ली जान वायुसेवा कम्पनीबीच चर्काे प्रतिस्पर्धा हुने गरेको छ भने ठूलो जहाजले एकैपटमा धेरै यात्रुलाई सेवा दिने गर्छन् । आन्तरिक उडानमा भने प्रधिस्पर्धा कम हुनु, र जहाजको संख्याको कमीका साथै ठूला जहाजले सेवा दिन नसक्दा टिकेट महँगो हुने गरेको एयरलाइन्स कम्पनीको दाबी छ ।