हमासले बन्दी बनाएका व्यक्तिको रिहाइ भोलि, विपिन जोशीको अवस्था अस्पष्ट

665
Shares

एजेन्सी । इजरायल र हमासबीच युद्धविराम सहमति अन्तर्गत पहिलो चरणमा बन्दी रिहाइको कार्यक्रम रहेको छ ।

त्यसैअनुरूप हमासले आफ्नो नियन्त्रणमा रहेका ४८ बन्दीलाई रिहा गर्नेछ । तीमध्ये २० जना बन्दी जीवित छन् भने २६ जना बन्दीको मृत्यु भइसकेको छ ।

नेपालका विपिन जोशी र इजरायलका तमिर निमरोदीको अवस्था अज्ञात छ ।

बेलायतबाट प्रकाशित हुने द गार्डियन पत्रिकाले निकालेको जीवित बन्दीहरूको सूचीमा विपिनको नाम छैन ।

तर, अमेरिकाको एबीसी७ सञ्चारमाध्यमले हमासको कब्जामा रहेका २२ जना जीवित बन्दीमा विपिन पनि रहेको उल्लेख गरेको छ ।

बीबीसीले प्रकाशन गरेको सूचीमा विपिन जोशीको अवस्था अज्ञात रहेको लेखिएको छ ।

द वाशिङटन पोस्टले प्रकाशन गरेको जीवित बन्दीको सूचीमा पनि विपिन जोशीको नाम छ ।