प्रधानमन्त्री कार्कीको उपस्थितिमा राष्ट्रपति र जेनजी प्रतिनिधि बीच आज छलफल हुँदै

161
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसंग आज जेनजी प्रतिनिधिहरूको छलफल हुन लागेको छ। छलफलको लागि बिहान १० बजे राष्ट्रपति कार्यालय उनीहरूलाई बोलाइएको छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीको टोलीसँग छलफल गर्न लागेका हुन् । छलफल तय हुँदा जेनजीको तर्फबाट १७ जना सहभागी हुने बताइएको थियो । तर, बैठक सुरु हुनुभन्दा अगाडि यो संख्या बढेको छ ।

एक जेनजी अगुवाका अुनसार हालसम्म बैठकमा सहभागी हुनेको संख्या २२ पुगेको छ । आजको बैठकमा जेनजीका मागका सम्बन्धमा छलफल हुनेछ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीकै प्रतिनिधित्व गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयार भइरहेका बेला बैठक बस्न लागेको हो ।

जेनजी अगूवा मिराज ढुंगानाका अनुसार शीतल निवासमा बैठकका लागि बोलाइएको हो ।

बैठकमा जेनजीबाट ढुंगानाको समूह, सुधन गुरूङ समूहलगायतका सहभागी हुँदैछन् ।

जेनजीबाट चारजना मन्त्री बनाउन लागिएको भन्दे हिजो अचानक नाम सार्वजनिक भएपछि ढुंगाना समूह आक्रोशित भएका छन् ।