
काठमाडौं । काठमाडौं उपत्यकामा तापक्रम बिस्तारै घट्न थालेको छ । यसै क्रममा आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५.४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियसमा झरेको हो। तापक्रम घटेका कारण बिहान र साँझको समयमा जाडो महसुस हुन थालेको छ ।
यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८.४५ बजे सार्वजनिक हुन्छ। त्यतिबेला अहिलेको भन्दा तापक्रम थौरै घट्न पनि सक्छ अथवा यत्ति नै रहन पनि सक्छ।
हिजो शुक्रबार उपत्यकाको न्यूनतम १५.६ डिग्री सेल्सियस थियो भने बिहीबार १७.४ डिग्री सेल्सियस थियो। शनिबार बिहान हुम्लाको न्यूनतम तापक्रम -१.३३ रहेको छ । उपल्लो हुम्लामा हिमपात भएका कारण तापक्रम घटेको हो ।
यस्तै जुम्लाको तापक्रम पनि घट्न थालेको छ । हाल जुम्लाको तापक्रम ३.१ मा झरेको छ ।
मौसम महाशाखाका अनुसार मनसुन हिजो असोज २४ गते (२०२५ अक्टोबर १० तरिख) पूरै नेपालबाट बाहिरिसकेको छ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।








प्रतिक्रिया