
काठमाडौं । जेनजी प्रदर्शनबाट भएको क्षतिको कुल बिमा दाबी मध्ये अग्रिम भुक्तानी समेत गरी करिब १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ रकम भुक्तानी भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार हालसम्ममा निर्जीवन बिमा कम्पनीहरूले कुल दाबी रकममध्ये अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ रकम बिमितहरुलाई भुक्तानी गरेका हुन् ।
आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कूल बिमा दाबी रकम करिव २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ । विभिन्न १४ वटा निर्जीवन बिमा कम्पनी र ४ वटा लघु निर्जीवन बिमा कम्पनीमा परेका कुल ३ हजार ९९ वटा बिमा दाबीको करिव २३ अर्ब २२ करोड ८७ लाख दाबी रकम रहेको तथ्याङ्क निर्जीवन बिमा कम्पनीहरूबाट प्राधिकरणमा प्राप्त भएको जनाइएको छ ।
आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७१० वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३७४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेस गरेको जानकारी निर्जीवन बिमकहरूबाट प्राप्त भएको प्राधिकरणले उल्लेख गरेको छ ।
कूल बिमा दाबीमध्ये सम्पत्ति बिमातर्फ ६५३ वटा दाबी परेको र दाबी रकम करिव१९ अर्ब ६ करोड ७६ लाख रहेको छ । सम्पत्ति बिमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी बिमकहरूले करिव१ अर्ब ३२ करोड ७२ लाख दाबी भुक्तानी गरिसकेका छन् ।
सम्पत्ति बिमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि ५९८ वटा दाबीका लागि बिमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट हालसम्ममा ५२ वटा सर्भे रिर्पोट प्राप्त भएको निर्जीवन बिमकहरूले जानकारी दिएका छन् ।
यसैगरी, मोटर बिमामा २ हजार २०६ वटा दाबी परेको र दाबी रकम करिव ३ अर्ब ४१ करोड ६ लाख रहेको छ । बिमकहरूबाट मोटर बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव २४ करोड ९१ लाख दाबी भुक्तानी भएको छ ।
आन्दोलनका क्रममा मोटरहरूमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १ हजार ९३९ वटा दाबीका लागि बिमा सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३१४ को सङ्ख्यामा सर्भे प्रतिवेदन बुझाएको जानकारी बिमकहरूले दिएका छन् ।
यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बिमातर्फ १९० वटा दाबी परेको र दाबी रकम करिव ३८ करोड ३ लाख रहेको छ ।
बिमकहरूले इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ८७ लाख दाबी भुक्तानी गरेका छन् ।
आन्दोलनका क्रममा इञ्जिनीयरिङ तथा ठेक्कामा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १२६ वटा दाबीका लागि बिमा सर्भेयर खटाइसकिएको र सर्भेयरहरूबाट हालसम्ममा ५ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी बिमकहरूले दिएका छन् ।
यसैगरी, परिवहन बिमातर्फ बिमा दाबी १२ वटा र दाबी रकम करिव १ करोड ६३ लाख रहेको छ । परिवहनमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि बिमकहरूले ११ वटा दाबीका लागि बिमा सर्भेयर खटाएका छन् ।
अन्य बिमातर्फ बिमा दाबी ३८ वटा परी दाबी रकम करिव ३५ करोड ३७ लाख रहेकोमा हालसम्ममा करिव ५ लाख ५० हजार दाबी भुक्तानी भएको जानकारी प्राप्त भएको छ ।
अन्य बिमातर्फको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि ३६ वटा दाबीका लागि बिमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट ३ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी निर्जीवन बिमा कम्पनीहरूले दिएका छन् ।
नेपाल बिमा प्राधिकरणले बिमितहरूको हित संरक्षणलाई प्रमुख प्राथमिकतामा राखी बिमा दाबी प्रक्रियालाई छरितो, पारदर्शी र प्रभावकारी बनाउन बिमा कम्पनीहरूलाई निर्देशन दिँदै आएको छ ।
बिमा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन र समयमैं सम्पन्न गर्नका लागि सर्भे प्रतिवेदन प्रस्तुत गर्ने समयसीमा, दाबी छानविनको पारदर्शिता र बिमितको सहज पहुँचलाई विशेष प्राथमिकतामा राखिएको छ ।
साथै, प्राधिकरणले बिमकहरूबाट भइरहेको दाबी भुक्तानी प्रक्रियाको निरन्तर अनुगमन समेत गरिरहेको छ । बिमितहरूको अधिकार सुनिश्चित गर्नका लागि दाबी भुक्तानी सम्बन्धी कार्यमा थप सुधार ल्याउँदै तीब्रता दिन समेत प्राधिकरणले बिमा कम्पनीहरूलाई निर्देशन छ ।







प्रतिक्रिया