
काठमाडौं । गोल्यान ग्रुपले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारका लागि सहयोग कार्यक्रम घोषणा गरेको छ । ग्रुपले सहिद परिवारप्रति सहानुभूति व्यक्त गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहयोगका प्रतिवद्धता जनाएको हो ।
ग्रुपले उनीहरूको साहसको सम्मानस्वरूप सहिद परिवारका सदस्यहरूका लागि विशेष सहयोग कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । सहयोग कार्यक्रम अन्तर्गत सहिदका दाजुभाइ, दिदीबहिनी तथा सन्तानका लागि कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गरिने ग्रुपकी कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेसन प्रमुख ज्योति गैह्रेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै, बालबालिकाको रुचि र क्षमताअनुसार अतिरिक्त क्रियाकलापमा पनि आवश्यक सहयोग उपलब्ध गराइनेछ। सहिदका आमा-बुबाका लागि स्वास्थ्य बिमा सुविधा व्यवस्था ग्रुपले जनाएको छ ।
‘कुनै सहयोगले सन्तान गुमाएको पीडा मेटाउन सक्दैन, तर यो साथ र सहकार्यको प्रतिवद्धता हो,’ विज्ञप्तीमा भनिएको छ ।
ग्रुपले सहिद परिवारको गोपनीयता र मर्यादालाई उच्च प्राथमिकता दिने जनाएको छ । त्यसअनुसार, कुनै पनि परिवारको नाम वा तस्विर सार्वजनिक नगरी प्रत्यक्ष सम्पर्कमार्फत सहयोग कार्यक्रम अघि बढाइने ग्रुपले जनाएको छ।







प्रतिक्रिया