
एजेन्सी । पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले भारतसँग युद्धको उच्च जोखिम रहेको बताएका छन् ।
मंगलवार समा टीभीलाई अन्तर्वार्ता दिँदै आसिफले भने, ‘म तनाव चर्काउन चाहन्नँ तर वास्तविक जोखिमको स्थिति छ र म त्यसलाई अस्वीकार गर्न सक्दिनँ । युद्ध भएछ भने पहिलाको भन्दा राम्रो परिणाम आउनेछ ।’
त्यही अन्तर्वार्ताका क्रममा आसिफले भारत कहिले पनि एकीकृत मुलुक नभएको दाबी गरे । औरंगजेबको पालामा भारत केही समयका लागि एकीकृत भएको उनको भनाइ छ ।
पाकिस्तान अल्लाहको नाममा बनेको उनले बताए । घरमा आफूहरू बहस र प्रतिस्पर्धा गर्ने भए पनि भारतसँगको लडाइँमा सँगै आउने गरेको आसिफको भनाइ छ ।
भारतका सेनाप्रमुख उपेन्द्र द्विवेदीले पाकिस्तानका विषयमा गरेको टिप्पणीको प्रतिक्रियामा आसिफको भनाइ आएको देखिन्छ ।
किस्तानले विश्वको नक्सामा रहन मन भए आतंकवादलाई समर्थन गर्न छोड्नुपर्ने भनी चेतावनी दिएका थिए ।
अपरेशन सिन्दूरको बेलामा देखाएको जस्तो संयम भविष्यमा नदेखाउने र पाकिस्तानको भौगोलिक अस्तित्व नै नरहने गरी कारवाही गर्ने द्विवेदीको दाबी थियो ।








प्रतिक्रिया