जेनजी प्रदर्शनमा मृतक प्रत्येक परिवारका एक सदस्यलाई चौधरी ग्रुपले रोजगारी दिने

462
Shares

काठमाडौं । चौधरी ग्रुपले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिको प्रत्येक परीवारका एक सदस्यलाई रोजगारी दिने भएको छ । ग्रुपले प्रदर्शनका प्रत्येक मृतक परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने भएको हो ।

‘आन्दोलनका शहिदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रध्दाञ्जलि एवं परिवारजनप्रति गहिरो समवेदनाका साथ उच्च सम्मान ब्यक्त गर्दछौँ । उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ,’ निर्वाण चौधरीले फेसबुकमा लेखेका छन्, ‘यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौँ । यस कठिन समयमा चौधरी ग्रुप शहिद परिवारप्रति उच्च सम्मान ब्यक्त गर्न निम्न अनुसारको प्रतिबद्धता व्यक्त गर्न चाहन्छ–आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ ।’

उनले यो केवल वाचा मात्र नभएर गहिरो कर्तव्य र श्रद्धा भएको उल्लेख गरेका छन् ।