
एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको साक्रामेन्टोमा सोमवार राति हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार तीनजना गम्भीर घाइते भएका छन् ।
त्यो मेडिकल हेलिकप्टर भएको र त्यसमा रहेका पाइलट, नर्स र पारामेडिक घाइते भएको साक्रामेन्टो फायर डिपार्टमेन्टले जनाएको छ । हेलिकप्टरमा बिरामी थिएनन् ।
उक्त हेलिकप्टर यूसी डेभिस मेडिकल सेन्टरबाट रेडिङतर्फ जाँदै गर्दा ५९न्थ स्ट्रीट नजिक खसेको थियो ।
हेलिकप्टर हाईवे ५० मा खसेको थियो । एकजना व्यक्ति हेलिकप्टरमुनि च्यापिएको उद्धारकर्मीहरूको भनाइ छ ।
घटनास्थल नजिक रहेका १५ जनाले उद्धारकहरूलाई घाइतेको उद्धार गर्न सघाएका थिए । घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा लगिएको छ ।
हेलिकप्टर अन्य कुनै गाडीमा नठोकिएको बताइएको छ ।
हाईवेमा हेलिकप्टर दुर्घटनाग्रस्त भएपछि सवारी आवागमन रोकिएको थियो । केही समयसम्म गाडी चलाउन नमिल्ने अधिकारीहरूले जनाएका छन् ।







प्रतिक्रिया