
काठमाडौं । अख्तियार दुरुपयाग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले तत्कालै राजीनामा दिनुपर्ने माग राख्दै जेनजी युवाले मंगलवार प्रदर्शन गरेका छन् ।
टंगालमा रहेको आयोगको केन्द्रीय कार्यालय अगाडि उनीहरूले प्रदर्शन गरेका हुन् । अप्रिय घटना हुनबाट रोक्नका लागि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
उनीहरूले प्रमुख आयुक्त राईसँगै सबै आयुक्तको राजीनामा मागेका छन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका संवैधानिक पदाधिकारीहरूले राजीनामा दिनुपर्ने जेनजी युवाहरूको माग छ ।
विभिन्न जेनजी युवाको एकताबद्ध समूह जेनजी मुभमेन्ट अलायन्सले प्रमुख आयुक्त राईलाई सम्बोधन गरेको पत्रमा उनको राजीनामा मागिएको छ ।










प्रतिक्रिया