
एजेन्सी । रुस र भारतका सैनिकहरूबीचको संयुक्त अभ्यास इन्द्र–२०२५ भारतमा सुरु भएको छ ।
शुक्रवारबाट सुरु भएको यस अभ्यासमा दुवै देशका सैनिकले आतंकवादविरोधी कारवाहीको अभ्यास गरिरहेका छन् ।
भारतको राजस्थान राज्यमा रहेको महाजन प्रशिक्षणस्थलमा संयुक्त अभ्यासको भव्य शुभारम्भ समारोह आयोजना गरिएको थियो । त्यसमा रुसका तर्फबाट मेजर जनरल आन्द्रेई कोजलोभ र भारतका तर्फबाट गाण्डीव डिभिजनका मेजर जनरल सञ्जय चन्द्र कन्दपालका दुवै देशका सैनिकहरू सहभागी थिए ।
यो अभ्यास असोज २९ गतेसम्म जारी रहनेछ । अन्तर्राष्ट्रिय आतंकवादविरुद्ध रुस र भारतको संयुक्त कारवाहीमा यस अभ्यासले सहयोग गर्ने बताइएको छ ।







प्रतिक्रिया