बाढी पहिरोबाट कोशीमा ४३ को मृत्यु, ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित



विराटनगर । शनिवार र आइतवारको वर्षासँगै आएको बाढी र पहिरोमा परेर कोशी प्रदेशमा ४३ जनाले ज्यान गुमाएका छन । प्रदेशमा ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका छन ।

मृतक मध्ये सवैभन्दा बढी इलामामा मात्र ३७ जनाको ज्यान गएको कोशी प्रदेश प्रहरी कार्यालयल विराटनगरले उल्लेख गरेको छ । कोशी प्रदेशमा आइतवार साँझसम्ममा ज्यान गुमाउनेमा १८ जना पुरुष र २५ जना प्रहरी छन ।

बाढी र पहिरोमा परेर इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । त्यसमा १३ पुरुष, १४ महिला, ३ बालक र ७ बालिका रहेका छन् । त्यसैगरी पाँचथर र उदयपुरमा २–२ जना, मोरङ र खोटाङमा १–१ जनाको मृत्यु भएको प्रहरीको तथ्याङक छ ।

विपद्का घटनामा परेर प्रदेशभरी १० जना घाइते भएका छन् । घाइते हुनेमा ५ पुरुष र ५ महिला छन् । पाँचथर, खोटाङ र भोजपुरमा घाइतेको संख्या बढी छ । प्रहरीका अनुसार इलाममा एक सहित केही व्याक्ति बेपत्तापनि भएका छन ।
बाढी र पहिरोले भौतिक संरचनामा पनि ठूलो क्षति पु¥याएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका छन् ।

विस्थापितहरूका लागि उद्धार तथा राहतको कार्य जारी रहेको छ । विपद्का घटनामा फसेका ५३२ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । घर क्षतिको विवरणअनुसार १६ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् । जसमा इलाममा १४ र पाँचथरमा २ घर पूर्ण रुपमा क्षति भएको प्रहरीको अभिलेख छ ।