काठमाडौंमा मनसुन कमजोर भएर आज मौसम सुधार हुँदै

308
Shares

काठमाडौं । काठमाडौं उपत्यकाबाट मनसुन कमजोर भएर विस्तारै बाहिरिने क्रम सुरु भएको छ । कमजोर मनसुनका कारण आइतबार बिहानदेखि उपत्यकाको अधिकाँश स्थानमा वर्षा रोकिएर विस्तारै घाम लाग्न सुरु भएको छ ।

काठमाडौंमा मनसुन कमजोर भएर दिउँसोदेखि करिब अधिकाँश रुपमा बाहिरिने बताइएको छ । काठमाडौंबाट बाहिरिदै गएको मनसुन रामेछाप ओखलढुंगालगायत पूर्वी भागमा सर्ने क्रम सुरु भएको छ । उपत्यकामा शुक्रबार साँझदेखि अबिरल रुपमा आइतबार बिहान ४ बजेसम्म पानी परेको थियो ।

वर्षा हुने क्रम रोकिएपनि नदी नालामा पानीको वहाव कम भइसकेको छैन । नदीमा पानीको वहाव कम हुन आज दिनभरको समय लाग्न सक्ने बताइएको छ । पूर्वी नेपालमा भोली साँझदेखि मात्र बाढी घट्ने र कम हुने अवस्था छ । बागमती नदी ललितपुर को खोकनामा स्थिर खतरा तहमा छ ।

कोशी नदि खतरा तहमा हुनुका साथै अझै बढ्ने क्रममा छ । यस्तै कनकाई नदी र मेची नदी पनि खतरा तहमा पुगेको छ ।