
काठमाडौं । सरकारले काठमाडौंबाट लामो दुरीका सवारी साधनको सञ्चालनमा आइतबार बिहान पनि रोक लगाएको छ ।
काठमाडौं उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइ नसकेकाले लामो दुरीका गाडी सञ्चालनमा रोक लगाइएको हो ।
यातायात व्यवसायीहरुलाई तत्काल टिकट बुकिङ गर्नसमेत रोक लगाइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले काठमाडौंका सबै नाकाबाट लामो दुरीका सवारी साधन आइतबार बिहान नपठाइएको जानकारी दिए ।
‘काठमाडौंबाट अति आवश्यक बाहेकका कुनै पनि गाडीलाई आज बिहानसम्म बाहिर जान दिइएको छैन र काठमाडौं भित्रिएका पनि छैनन्,’ एसपी सुवेदीले भने ।
बसको टिकट काटेकाहरुलाई पनि पैसा फिर्ता गराइएको एसपी सुवेदीले जानकारी दिए ।
‘जजसले बस टिकट काटेका थिए, उनीहरुको पैसा काउन्टरहरुबाट फिर्ता गराइएको छ र थप बुकिङ नगर्न भनिएको छ,’ सुवेदीले भने, ‘सडक यातायात सहज भएपछिमात्र टिकट काट्न सुरु गर्न भनेका छौं ।’








प्रतिक्रिया