
काठमाडौं । बुटवल पावर कम्पनीले हिमाल पावर लिमिटेड कम्पनीमा रहेको स्टाटक्राफ्ट होल्डिङ्स सिंगापुर र ईभीनी एएस नर्वेको नाममा रहेको सेयर खरिद गरेको छ ।
बुटवल पावर कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले हिमाल पावरको कुल चुक्ता १ करोड ७६ लख ४१ हजार ४३९ कित्ता सेयर मध्ये स्टाटक्राफ्ट होल्डिङ्स सिंगापुरको नाममा रहेको १ करोड ६८ हजार १७६ कित्ता सेयर र ईभीनी एएस नर्वेको नाममा रहेको ४५ लाख ९४ हजार ६११ कित्ता सेयरहरु खरिद गर्ने निर्णय गरेको हो ।
उल्लेखित सेयर खरिद बिक्रीको नियमकीय स्वीकृति प्राप्त गरी सेयर दाखिला खारेजको प्रक्रिया सम्पन्न गरिने जनाइएको छ ।
हिमाल पावरले हाल ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।








प्रतिक्रिया