आर्थिक अवस्था कमजोर भएका र प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थामा सरकारले थप लगानी नगर्ने

462
Shares


काठमाडौं । आर्थिक अवस्था कमजोर भएका र प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा सरकारले थप लगानी नगर्ने भएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको खर्च कटौतीसम्बन्धित निर्णयमा प्रतिफलयुक्त आयोजना, वैदेशिक सहायताबाट सञ्चालित आयोजना र नागरिक प्रतिको दायित्व वहन गर्नुपर्ने विषयका आयोजनाका लागि मात्र सार्वजनिक संस्थानमा शेयर तथा ऋण लगानी गर्ने भएको छ ।

आर्थिक अवस्था कमजोर भएका तथा सावाँ र व्याज तथा प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा नेपाल सरकारले थप लगानी नगर्ने निर्णय पनि गरेको छ । यस्तो रोक्का अवधि भर नेपाल सरकारका लगानी भएका संस्थाहरूले हकप्रद तथा थप सार्वजनिक निश्कासन (एफपिओ) शेयर जारी गर्न रोक्का गर्ने भएको छ ।

नेपाल सरकारले सार्वजनिक संस्थानबाट प्राप्त गर्नुपर्ने भाखा नाघेको साँवा तथा ब्याज असुल उपर गर्न सम्बिन्धित मन्त्रालय जवाफदेही हुने व्यवस्था पनि सरकारले गरेको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा ४५ वटा कुल सार्वजनिक संस्थानमध्ये घाटामा सञ्चालन भएका र बन्द संस्थाको संख्या १८ वटा पुगेको छ ।