
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् । विशेष गरी नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षको रुपमा स्वार्थ समूहलाई सहयोग गरेको आरोप खेपिरहेका महेश बरालसहित ३ सहसचिवको जिम्मेवारी हेरफेर भएको हो ।
अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वयन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका बराललाई सरुवा गरेर सार्वजनिक वित्त व्यवस्थापन तालीम केन्द्रमा पठाइएको छ । सार्वजनिक वित्त व्यवस्थापन तालीम केन्द्रलाई अर्थ मन्त्रालयमा सहसचिवलाई जगेडाको रुपमा थन्क्याउने स्थानको रुपमा लिइन्छ ।
बराललाई सरुवा गरेर वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखमा वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल सरुवा भएका छन् । यस्तै वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखा प्रमुखमा भने महेश आचार्यलाई लगिएको छ ।







प्रतिक्रिया