मन्त्रीहरूको सपथ ३ बजेलाई सर्‍यो

252
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डलमा थप भएका मन्त्रीहरुको सपथ ३ बजे हुने भएको छ ।

यसअघि दिउँसो २ बजेका लागि तय भएको सथप १ घण्टा सारिएको हो ।

प्रधानमन्त्री कार्कीले हिजै ५ जनाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी थिइन् । तर, स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी डा संगीता मिश्रामाथि भ्रष्टाचार आरोपमा छानबिन भइरहेको समाचारहरु बाहिरिएपछि प्रधानमन्त्रीले तत्काल नियुक्त नगर्न भनेकी थिइन् ।

मिश्रासँगै वैज्ञानिक महावीर पुन, पत्रकार जगदीश खरेल, पूर्वन्यायाधीश अनिल सिन्हा र तत्कालीन राज्‍य पुन:संरचना समितिका संयोजक मदन परियारको नाम राष्ट्रपति समक्ष सिफारिस भएको थियो ।

तर, स्वास्थ्य मन्त्रीको नाम भने परिवर्तन हुन सक्ने बताइएको छ ।