
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदमा ५ जना थप गर्ने भएकी छन् । उनले पाँच जना मन्त्रीको नाम टुंगो लगाएकी हुन् ।
आइतबार सिफारिस गरिएका नयाँ मन्त्रीहरूले सोमबार सपथ हुने छ ।
कार्कीले अनिल कुमार सिन्हा, महावीर पुन, डा संगिता मिश्रा, जगदीश खरेल र मदन परियारलाई मन्त्री बनाउन नाम सिफारिस गरेकी छन् ।
पूर्वन्यायाधीश सिन्हा भूमिसुधार, मिश्रालाई स्वास्थ्य तथा जनसंख्या दिने कार्कीको तयारी छ । स्वास्थ्य अतिरिक्त सचिव रहेकी मिश्रले मन्त्री बन्न पदबाट राजीनामा समेत दिएकी छन्।
पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मा दिइने छ भने सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मा जगदीश खरेललाई दिन सिफारिस गरिएको छ। उनी इमेज मिडिया ग्रुपका समाचार प्रमुख हुन्।
त्यस्तै, कृषिमन्त्रीमा मदन परियारको नाम सिफारिस भएको छ ।
कार्कीले यसअघि रामेश्वर खनाल, कुलमान घिसिङ र ओम प्रकाश अर्याललाई मन्त्री बनाएकी थिइन् । यससँगै कार्की नेतृत्वको मन्त्रिमण्डल ९ सदस्यीय बन्ने छ ।








प्रतिक्रिया