सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहँदा सुधन गुरुङ किन गए ?

6.9k
Shares

फाइल तस्बिर

काठमाडौं । जेनजी अभियन्ता सुधन गुरुङ सिंहदरबार पुगेका छन् । मन्त्रिपरिषद् बैठक बसिरहेको बेलामा गुरुङ सिंहदरबार पुगेका हुन् ।

त्यसअघि आजै प्रधानमन्त्री कार्यालय परिसरमै जेनजी आन्दोलनका केही घाइतेहरूले उनीविरुद्ध नाराबाजी गरेका थिए ।

गुरुङमाथि जेनजी आन्दोलनलाई हाइज्याक गरेको आरोप लागेको छ । सुरुमा स्वयम्सेवकका रूपमा सक्रिय रहेका उनी अहिले जेनजी पक्षको नेतृत्वकर्ता बनेर देखिएका छन् । यसअघि उनी संविधान दिवसको दिन समेत राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।

आइतबार उनले मन्त्री छान्नका लागि केही नाम पनि दिएको दाबी गरिएको छ ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरू थप गर्ने तयारी गरिरहेकी छन् । नयाँ मन्त्रीहरूका विषयमा पनि मन्त्रिपरिषद् बैठकमा छलफल हुने जनाइएको छ ।