मन्त्रिपरिषद् विस्तारको तयारीमा कार्की, ७ जना थपिने

48.5k
Shares

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन् । जेनजी समूहलाई समेत समेट्दै कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार मन्त्री पदका लागि प्रस्तावित व्यक्तिहरूको कागजात संकलन भइरहेको छ । त्यसपछि आजै सात जनाको नाम राष्ट्रपति कार्यालय पठाइने स्रोतको भनाइ छ ।

राष्ट्रपति कार्यालयले पनि नयाँ मन्त्रीहरूको नामावली पठाइने जानकारी प्राप्त भएको भएको छ ।

महावीर पुन, विजय लामा, जगदीश खरेल, मोहना अन्सारी लगायतको नाम चर्चामा छ ।

यसअघि कार्कीले रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री बनाएकी थिइन् ।