आपराधिक गतिविधि बढेको भन्दै यूएईले नेपालीलाई बन्द गर्‍यो भिसा

नेपाली क्रिकेट टोलीसमेत जान पाएनन्

637
Shares

काठमाडौं । जेनजी आन्दोलनका कारण कारागारबाट भागेका करिब साढे ८ हजार कैदिबन्दी समाजमै रहेको, आगजनी तोडफोडसहितको आपराधिक गतिविधि भएको देखेपछि संयुक्त अरव इमिरेट्स (यूइए)ले नेपाली कामदारसहितको भिजिट भिसा बन्द गरेको छ । यूइएले एक साता अगाडिदेखि नै रोकेको भिटिज भिसापछि अहिले कामदार भिसा पनि दिन बन्द गरेको छ ।

नेपाल वैदेशिक रोजगार संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार औपचारिक रुपमा कुनै सूचना र जानकारी नदिइ यूएईले अनौपचारिक रुपमै नेपालीलाई भिसा दिन बन्द गरिदिएको छ । कामदार पठाउने सहमति गरेको कम्पनीले स्वीकृति गरेका कामदारहरुको समेत भिसा दिन रोकेको छ ।

भिसा रिक्वेस्ट गर्दा सबैको अस्वीकृत भइरहेका छ । यसको अर्थ नेपाली कामदारलाई मात्रै अनौपचारिक रुपमै भिसा बन्द भएको छ भने औपचारिक रुपमा भने कुनै जानकारी नआएको भणडारीले बताए ।

नेपालमा जेनजी आन्दोलनका कारण बाहिरिएका कैदी बन्दी पनि कामदारका रुपमा आउन सक्ने, आन्दोलनमा तोडफोडसहित आपाराधिक गतिविधि गर्नेहरुपनि आउनसक्ने भएकोले बन्द गरेको हुनसक्ने अनुमान वैदेशिक रोजगार व्यवसायीहरुले गरेका छन् । यूएईले औपचारिक जानकारी नदिएकोले कारण भने यही हो भनेर भन्न नमिल्ने पनि उनिहरुको तर्क छ ।

यो अवस्थामा सरकारले अपराधि समाउने, छाानविन गर्ने र कैदीबन्दीलाई कारागार फर्काउनेसहितको अन्तर्राष्ट्रिय समूदायलाई पनि विश्वस्त वातावरण नबनाएम्म सहजै अरु मुलुकले पनि भिसा नदिने अनुमान हुन थालेको छ । यसको असर अहिले यूएईबाट देखिएको भएपनि अरु देशबाट पनि भिसा अस्वीकृति समस्या आउन सक्ने अनुमान गर्न थालिएको छ ।

नेपालबाट सबैभन्दा बढी कामदार जाने गन्तव्य यूएई हो । गत वर्ष करिब डेढ लाख यूएईमा मात्रै नेपाली कामदार गएका थिए । यूएईमा मासिक १२ देखि १५ हजार नेपाली जाने गरेकोले पनि यसबाट रोजगारीमा ठूलो समस्या निम्तन सक्छ ।

श्रम मन्त्रालयका उच्च अधिकारी भने सरकारलाई यूएईले भिसा रोकेको विषयमा कुनै औपचारिक जानकारी छैन । परराष्ट मन्त्रालयबाट त्यसको जानकारी आउनुपर्ने भएकोले औपचारिक रुपमा कुनै सूचाना नआएको पनि मन्त्रालयका उच्च अधिकारी बताउँछन् ।

भिसा समस्याका कारण नेपाली क्रिकेट टोलीको यूएई प्रस्थानमा पाएनन्
नेपाली राष्ट्रिय क्रिकेट टोलीले भिसा समयमा नै नपाउँदा यूएई प्रस्थानमा ढिलाइ भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टोली आज (शुक्रबार)त्यसतर्फ प्रस्थान गर्ने योजना थियो । तर, यूएईले पछिल्लो समय नेपालीहरुलाई भिजिट भिसा दिन बन्द गरेका कारण नेपाली टोलीलाई पनि समस्या परेको हो ।

नेपाली टोलीले यूएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । नेपालले पहिलो खेल सेप्टेम्सबर २७ मा खेल्दा दोस्रो खेल २९ तारिख र अन्तिम खेल २९ तारिखमा खेल्नेछ । वर्किङ भिसा बन्द गर्यो, कैदीबन्दीका कारण नेपाली धेरै आपराधिकमा भए ।