
काठमाडौं । नेपाल राष्ट्र बैंकले चिनतर्फको नाका मुस्ताङ भन्सार, मुस्ताङबाट आयात गर्नेगरी प्रतिपत्र, (एलसी) खोल्न सक्ने व्यवस्था गरेको छ ।
मंगलबार विदेशी विनिमय कारोबार गर्ने संस्थाहरुका लागि जारी गरेको एकिकृत परिपत्रमा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । हाल तातोपानी नाका, सिन्धुपाल्चोक र रसुवाको रसुवागढीमा रहेको रसुवा भन्सार कार्यालय मार्फत आयात गर्नेगरी मात्रै एलसी खोल्न सकिने व्यवस्था गरेको थियो ।
तातोपानी र रसुवा नाका बाढी र पहिरोका कारण अवरुद्ध भएपनि मुस्ताङ नाकाबाट बस्तु आयात गर्न सक्नेगरी उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले सुचना जारी गरेको थियो । सरकार चिनतर्फको मुस्ताङ नाका र भन्साबाट अयात गर्न सकिने व्यवस्था गरेपछि मुस्ताङ भन्सारबाट आयात हुनेगरी एलसी खोल्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
यस्तै चिनतर्फबाट र मुस्ताङ नाकाबाट पनि बढीमा टी.टी. मार्फत् आयात गर्न तोकिएको सीमासम्मको सामान आयात गर्नको लागि ड्राफ्ट/टीटीको माध्यमबाट भुक्तानी पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले जनाएको छ । यसअघि यस्तो सुविधा तातोपानी नाकामाबाट आयात हुँदा मात्रै थियो ।







प्रतिक्रिया