
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलवार अपराह्न सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग राजदूत श्रीवास्तवले भेट गरेका हुन् ।
भेटका क्रममा नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।
साथै नेपालको विकास, पुनः निर्माणमा भारतले सघाउने प्रतिवद्धता व्यक्त गरे ।
साथै नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको उनले बताए ।
जेनजी आन्दोलनपछि केपी ओली नेतृत्वको सरकार पदच्यूत भएपछि सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन् ।








प्रतिक्रिया