
काठमाडौं । जेनजी प्रदर्शनीबाट जोगिएका थापाथलिका गाडीका शोरुमहरु सामान्य अवस्थामा फर्किने प्रयासमा लागेका छन् ।
भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा थापाथलीका अधिकांश शोरुममा आगजनी तथा तोडफोड भएको थियो । व्यापारको मुख्य सिजनमा नै बजार ध्वस्त बनाएपछि व्यवसायी समस्यामा परेको थिए ।
तर, दशैँतिहार लगायतका चाडपर्वमा उत्साहमय देखिने शोरुमहरुमा यसपटक पनि उत्साह फर्काउने पर्यत्नमा व्यवसायी लागि परेका छन् ।
प्रदर्शनकारीको निशानामा सिजी मोटर्स, सिप्रदी, हुण्डाई र महिन्द्राका शोरुम परेका थिए । गाडीका शोरुमहरूमा करोडौंको क्षति भएको अनुमान गरिएको छ ।
एमएडब्लु, जीओ अटोमोबाइल्स, फोर्डका शोरुमहरू प्रत्यक्ष आक्रमणबाट जोगिएका छन् । यी जोगिएका शोरुमहरु फेरि चलयामान हुने कोशिस गरिरहेका छन् ।
अटो ब्रान्डले नजिँकिदै गरेको चाडपर्वलाई लक्षित गरी विभिन्न अफरहरु समेत सार्वजानिक गरेका छन् ।







प्रतिक्रिया