जेनजी प्रदर्शनः गण्डकीमा भएको क्षतिमा १ अर्ब १३ करोडको बिमा दाबी पर्ने

357
Shares

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण गण्डकी प्रदेशमा मात्र बिमा कम्पनीमा १ अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको दाबी पर्ने अनुमान भएको छ ।

नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले भदौ ३० सम्म संकलन गरेको विवरणअनुसार विभिन्न बिमा कम्पनीमा सो रकम बराबरको दाबी पर्ने अनुमान गरिएको हो ।

तथ्यांकअनुसार ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा ७ करोड रुपैयाँको १३ वटा दाबी पर्ने अनुमान गरिएको छ भने राष्ट्रिय बिमा कम्पनीमा ७ करोडको २० वटा, युनाइटेड अजोड इन्स्योरेन्समा २ करोडको ६ वटा, नेको इन्स्योरेन्समा ४ करोड ४५ लाखको १६ वटा दाबी पर्ने अनुमान गरिएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३५ करोडको ५० वटा, आईजीआई प्रुडेन्सियलमा ३ करोड १५ लाखको ३ वटा, शिखर इन्स्योरेन्समा ७५ करोडको ५ वटा, एनएलजी इन्स्योरेन्समा ८० लाखको ६ वटा, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५ करोडको १५ वटा, हिमालयन एभरेष्टमा ५० करोडको ९ वटा बिमा दाबी पर्ने अनुमान गरिएको छ ।

यस्तै, सानिमा जिआईसी इन्स्योरेन्समा २ करोडको ११ वटा र नेपाल माइक्रो इन्स्योरेन्समा २५ लाख रुपैयाँ बराबरको ५ वटा बिमा दाबी पर्ने अनुमान गरिएको छ ।