
काठमाडौं । सरकारले जेनजी आन्दोलनमा शहिद भएका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएकोमा मन्त्रिपरिषदले थप ५ लाख रुपैयाँ दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
त्यस्तै सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय भएको हो ।
आन्दोलनमा भएको दमनबारे छानबिन गर्न न्यायीक समिति गठन गर्ने सैद्धान्तिक सहमति भएको उनले जानकारी दिए ।
त्यस्तै जेनजी स्मृति पार्क निर्माण गर्ने निर्णय भएको छ ।








प्रतिक्रिया