
काठमाडौं । अन्तरिम सरकारको मन्त्रिपरिषद्को पहिलो बैठक सुरू भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल विस्तार गरेपछि सोमबार साँझका लागि बैठक बोलाएकी थिइन् ।
सोमबार मन्त्रिपरिषद्मा तीन मन्त्री नियुक्त भएका छन् । रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले आज सपथ ग्रहण गरेसँगै पदबहाली गरेका छन् ।
खनाललाई अर्थ मन्त्रालय, घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहकारी मन्त्रालय र अर्याललाई गृह तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सोमबार ५ बजे मन्त्रीहरू बैठकका लागि सिंहदरबार पुगेका थिए ।

मन्त्रिमण्डल गठनसँगै बसिरहेको पहिलो बैठकमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई सहिद घोषणा गर्ने, राष्ट्रिय शोक मनाउनेलगायतका एजेन्डा रहने बताइएको छ । त्यस्तै जेनजी आन्दोलनमाथि भएको दमनको न्यायीक छानबिनका लागि पनि दबाब रहेकाले त्यस विषयमा पनि केही निर्णय आउने अनुमान गरिएको छ ।








प्रतिक्रिया