
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन्।
शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले देश गम्भीर राजनीतिक सङ्कटपछि शान्तिपूर्ण निकासमा प्रवेश गरेको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन निर्वाचनलाई अत्यन्त महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए।
वक्तव्यमा उनले भनेका छन्, ‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्न पश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ। संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ। छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन्।‘
राष्ट्रपतिले बडो जुक्तीले प्राप्त अवसरलाई सदुपयोग गर्दै जनता रिझाउने र राजनीतिक स्थायित्वतर्फ अग्रसर हुने गरी आगामी निर्वाचनलाई सफल बनाउन सबै सरोकारवालालाई हार्दिक अपिल गरे ।










प्रतिक्रिया