
काठमाडौं । शुक्रबार बिहानदेखि राष्ट्रपति कार्यालय शितल निवासमा भएको लगातार छलफलपछि प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने सहमति भएको छ।
आन्दोलनरत जेन-जी पुस्ताको मागअनुसार कार्कीलाई प्रधानमन्त्री बनाउने र संसद विघटन गर्ने विषयमा सहमति जुटेको शितल निवास स्रोतले जानकारी दिएको छ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र जेन-जीतर्फबाट प्रधानमन्त्रीका लागि प्रस्तावित कार्कीबीच संसद विघटन कसको सिफारिसमा गर्ने भन्ने विषयमा मतभेद देखिएको थियो ।
यही विवादका कारण वार्ता लम्बिएको भए पनि अन्ततः जेन-जीको मागलाई स्वीकार गर्दै संसद विघटनपछि कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति भएको हो।








प्रतिक्रिया