
काठमाडौं । नेपाल बिमा प्राधिकरणले जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको दाबी भुक्तानीलाई सहज बनाउन आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो ।
‘उपरोक्त सम्बन्धमा देशका विभिन्न स्थानमा मिति २०८२ भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिको कारण श्रृर्जित सार्वजनिक तथा निजि क्षेत्रमा अपुरणीय क्षति पुगेको सर्वविदितै छ,’ प्राधिकरणले भनेको छ, ‘उक्त परिस्थितिको कारण बिमितको धनसम्पतिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फछ्यौट गर्न हुन निर्देशानुसार अनुरोध गरिन्छ ।’
साथै, उल्लेखित परिस्थितिका कारणले भएको क्षतिको बिमा दाबी विवरण साप्ताहिक रुपमा (प्रत्येक हप्ताको बुधबार) पेस गर्न समेत प्राधिकरणले आग्रह गरेको छ ।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्ती, भवन तथा व्यापारीक भवनमा ठुलो क्षति पुगेको छ ।








प्रतिक्रिया