कान्तिपुर मिडियाको थापाथली कार्यालयमा प्रदर्शनकारीले लगाए आगो

658
Shares

काठमाडौं । प्रदर्शनकारीले कान्तिपुर मिडियाको थापाथलीस्थित कार्यालयमा आगो लगाएका छन् ।

सोमबारबाट सुरु भएको जेनजी आन्दोलनले उग्र रुप लिँदा मंगलबार देशभरका सरकारी तथा निजी संस्थामाथि तोडफोड गर्ने र आगो लगाउने कार्य भइरहेको छ ।

सोहीक्रममा कान्तिपुर मिडियाको बिल्डिङमा पनि आगो लगाइएको हो । कान्तिपुर कार्यालय नजिकै रहेको सिजी मोटर्सको अफिसमा आगलागी गरेका प्रदर्शनकारीले उक्त मिडिया हाउसको बिल्डिङमा पनि आगजनी गरेको हो ।

सिंहदरबार, संसद भवन, राष्ट्रपति कार्यालयदेखि राजनीतिक दलका कार्यालय तथा नेताका घरमा पनि चरणबद्ध आगोलागी भइरहेका छन् ।