
काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको चाक्सीबारीमा रहेको रहेको प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।
मंगलवार जेनजीले गरेको प्रदर्शनका क्रममा सिंहको निवासका साथै त्यहाँ राखिएका ६ वटा गाडीमा पनि आगजनी गरिएको हो ।
सुरक्षाकर्मीले सिंह र उनका परिवारका सदस्यलाई सुरक्षित स्थानमा लगिसकेको बताइएको छ ।
सिंह निवासमा तैनाथ सुरक्षाकर्मीले प्रदर्शनकारीलाई रोक्न नसकेपछि आगजनी भएको हो ।







प्रतिक्रिया