प्रधानसेनापति, प्रहरी प्रमुख, मुख्य र गृहसचिवले निकाले संयुक्त विज्ञप्तिः प्रमको राजिनामा भयो, संयमित हुनुस्

434
Shares

काठमाडौं । सबै सुरक्षा निकायले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेकोले अब संयमित हुन अग्रह गर्दै विज्ञप्ति निकालेका छन् । ओलीले राजीनामा दिइसकेकोले अब राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण सामाधान निकाल्न आग्रह गर्दै छ वटै सुरक्षा निकायसहितले संयुक्त विज्ञप्ति निकालेका छन् ।

नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, शसन्त्र प्रहरी बलका महानिरिक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरिक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त विज्ञप्ति निकालेर आम नागरिकलाई संयमित हुन आग्रह गरेका छन् ।

उनीहरुले प्रधानमन्त्रीको राजीनामासमेत स्वीकृति भइसकेको हुँदा थप जनधनको क्षति हुनबाट रोक्न पनि आग्रह गरेका छन् । अब राजनीतिक संवादबाट शान्तिपूर्ण समाधानको खोज्न सकिने भन्दै संयुक्त विज्ञप्तिबाट आग्रह गरेका छन् ।