संसद भवनमा प्रदर्शनकारीले लगाइदिए आगो

336
Shares

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा आगजनी भएको छ ।

काठमाडौंस्थित बानेश्वरमा बिहानदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीले संसद भवन भित्र प्रवेश गरेर आगजनी गरेका हुन् ।

सोमबारबाट सुरु भएको जेनजी आन्दोलन मंगलबार उत्कर्षमा पुग्दा प्रदर्शनकारीहरु संसद भवन भित्र प्रवेश गरेर तोडफेड तथा आगजनी गरिरहेका छन् ।

अहिले, राजनीतिक दलको पार्टी कार्यालय तथा नेताहरुको घर जलाउने तोडफोड गर्नेक्रम चलिरहेको छ ।