प्रचण्ड छोरी गंगाको घरमा आगजनी

812
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा आगजनी भएको छ ।

जेनजी युवाहरूको समूहले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् ।

आगजनीबाट दाहालको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । युवाहरूले घरभित्रै रहेको बीवाईडी गाडीमा समेत आगजनी गरेर नष्ट गरेका छन् ।