संसद भवन भित्रै प्रवेश गरे प्रदर्शनकारी

175
Shares

काठमाडौं । प्रदर्शनकारीहरु काठमाडौंको बानेश्वरस्थित संसद भवन भित्रै प्रवेश गरेका छन् ।

सोमबारबाट सुरु भएको जेनजी आन्दोलन मंगलबार उत्कर्षमा पुग्दा प्रदर्शनकारीहरु संसद भवन भित्र प्रवेश गरेर तोडफेड गरेका छन् ।

अहिले, राजनीतिक दलको पार्टी कार्यालय तथा नेताहरुको घर जलाउने तोडफोड गर्नेक्रम चलिरहेको छ ।

सोही क्रममा बिहानैदेखि संसद भवन अगाडि भेला भएर आन्दोलन गरेका प्रदर्शनकारी दिउँसो २ बजे प्रवेश गरेर तोडफोड गरेका हुन् ।

उता केहि प्रदर्शनकारी सिंहदरबारमा पुगेर पनि प्रर्दशन गरिरहेका छन् ।