
ललितपुर । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जतिसुकै हेपिए पनि राष्ट्रलाई हेपेको सहन नसक्ने बताएका छन् ।
ललितपुरको गोदावरीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मलाई जसले जतिसुकै हेपोस, त्यसको कुनै मतलब छै न। तर देशलाई हेपेको सहन म तयार छैन।’
सामाजिक सञ्जाल बन्द सम्बन्धी प्रसंगमा उनले सरकारले दर्ता नगरेका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय उचित भएको दोहोर्याए । ‘एक वर्षदेखि सामाजिक सञ्जालहरूलाई नेपालको कानुनअनुसार दर्ता हुनुपर्छ भनेर भनिएको थियो। तर उनीहरूले अटेरी गर्दै कानुनलाई नै वेवास्ता गरे,’ उनले भने।
फेसबुकलगायत ठूला सामाजिक सञ्जाललाई लक्षित गर्दै ओलीले प्रश्न गरे, ‘सामाजिक सञ्जाल दर्ता गर्न आऊ भन्दा चार जनाको जागिर खोसियो अरे। चार जनाको जागिर ठूलो कि राष्ट्रिय स्वाभिमान?’ उनले जागिरका अवसर सिर्जना हुने व्यवस्था राज्यले गर्न सक्ने बताए।
प्रधानमन्त्री ओलीले थपे, ‘कानुनअनुसार चल भन्न पनि नपाइने? राष्ट्रलाई अटेरी गर्ने? संसारको कुनै देशले यति निरिहता देखाउँछ?’








प्रतिक्रिया