
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् ।
बिहीबार अर्थ मन्त्रिस्तरीय निर्णयले बस्याललाई नेप्से अध्यक्ष बनाएको हो ।
अध्यक्षमा नियुक्त भएसँगै बस्यालले शुक्रबार बस्यालले नियुक्तीपत्र बुझेका छन् ।
उनलाई आगामी तीन वर्षे कार्यकालका लागि मन्त्रालयले नेप्से अध्यक्षमा नियुक्त गरेको हो ।
उनले आगामी सातादेखि आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।
नेप्सेको अध्यक्षमा नियुक्त हुनुअघि बस्याल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सीईओ थिए ।
उनले केही दिनअघि मात्रै व्यक्तिगत कारण देखाएर उक्त पदबाट राजीनामा दिएका थिए ।
उनले करिब दुई वर्षअघि सो कम्पनीको सीईओको जिम्मेवारी सम्हालेका थिए । बस्यालले यसअघि पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्ष र सीईओका लागि पनि आवेदन दिएका थिए ।








प्रतिक्रिया