
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ट्रुथ सोसलमा शुक्रवार पोस्ट गर्दै भारत र रुसलाई गहिरो अँध्यारो चीनले आफूसँग लगेको लेखेका छन् ।
त्यससँगै उनले व्यंग्यात्मक रूपमा तीनैवटा देशलाई समृद्ध भविष्यका लागि शुभकामना दिएका छन् ।

चीनका राष्ट्रपति सी चिनपिङले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शाङ्हाई कोअपरेशन अर्गनाइजेशन शिखर सम्मेलनमा आतिथ्य गरेपछि ट्रम्पको सातो गएको छ ।
बेइजिङ, मस्को र नयाँ दिल्लीबीचको सम्बन्ध गहिरिँदै गएको कुरालाई ट्रम्पले पहिलोपटक सार्वजनिक रूपमा स्वीकार गरेका हुन् ।
यी तीनै देशका नेताले सार्वजनिक रूपमा ऊर्जा र सुरक्षा लगायतका विषयमा छलफल गरेका थिए । अमेरिकासँग तीनैवटा देशको कुनै न कुनै किसिमको मतभिन्नता छ ।
दशकौंदेखि अमेरिकाले चीनको प्रभावलाई कमजोर बनाउन भारतलाई उपयोग गर्ने योजनाका साथ भारतसँग सुसम्बन्ध बनाउँदै आएको थियो । ट्रम्पअघिका अमेरिकी राष्ट्रपतिहरूले भारतलाई रणनीतिक साझेदारका रूपमा हेर्ने गरेका थिए ।
तर, ट्रम्पले भारतीय वस्तुको आयातमा ५० प्रतिशत भन्सार शुल्क लगाएर भारतलाई चीन र रुससँग नजिकिनका लागि बाध्य बनाएका छन् ।










प्रतिक्रिया