बिमा कम्पनीले सेयरमा गर्ने लगानीको दायरा बढाएर १५ प्रतिशत पुराइयो

952
Shares

काठमाडौं । बिमा कम्पनीहरूले सूचीकृत कम्पनीको सेयरमा लगानी गर्ने दायरा बढेको छ । नियामक नेपाल बिमा प्राधिकरणले ‘बिमकको लगानीसम्बन्धी निर्देशन २०८२’ मार्फत सेयरमा लगानी गर्ने दायरा बढाएको हो ।

निर्देशनबाट सबै प्रकारका बिमा कम्पनीले अबदेखि सूचीकृत कम्पनीको साधारण वा संस्थापक सेयरमा कुल लगानीको १५ प्रतिशतमसम्म लगानी गर्नसक्ने भएका व्यवस्था गरिएको छ ।

यसअघि यस्तो सीमा १० प्रतिशत थियो । बिमा कम्पनीले यस्तो लगानी गर्दा जुन कम्पनीको सेयर खरिद गर्ने उक्त कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतको सीमामै रहनुपर्ने छ ।

यस्तै, बिमा कम्पनीहरूले इन्भेष्टमेन्ट कम्पनीको सेयर खरिद गर्नका लागि रोकतोक नभएपनि यसमा विभिन्न सीमा लगाइएको छ ।

निर्देशनले कुल लगानीको ५ प्रतिशतभन्दा धेरै त्यस्ता कम्पनीको सेयरमा लगानी गर्न पाइने छैन । त्यस्तै त्यस्तो कम्पनी पब्लिक लिमिटेड हुनुपर्ने अर्को अनिवार्य सर्त रहेको छ ।