१५.६४ अंकले घट्दै नेप्से २७२६ बिन्दुमा, ४ अर्ब ७२ करोडको कारोबार

42
Shares

काठमाडौं । बुधबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा रोकिएको छ ।

अघिल्लो दिन मंगलबार पनि नेप्से १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा रोकिएको थियो ।

बुधबार नेप्सेमा कुल ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा ४ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये ३९ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको घटेको छ ।