
काठमाडौं । काठमाडौं जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनलाई धरौटीमा छोड्ने आदेश दिएको हो ।
सामाजिक सञ्जालमार्फत एक महिलामाथि गालीगलौज गरेको अभियोगमा पाँडेलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका लागि अदालतले सुरुवातमा ४ दिनको म्याद थप गरेको थियो ।
पाँडे रास्वपा सरकारमा सहभागी भएको समयमा २०८० सालमा राष्ट्रिय योजना आयोगका सदस्य नियुक्त भएका थिए ।








प्रतिक्रिया