
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा. अरनिको पाँडेविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दा दर्ता गरेको हो ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पाँडेको बयान सुरु भएको छ । त्यसपछि थुनछेक बहस हुनेछ । बहस सकिएपछि पाँडेलाई पुर्पक्षका लागि कारागार पठाउने वा धरौटी/तारेखमा रिहा गर्ने आदेश आउनेछ ।
पाँडेलाई बुधबार साँझ साइबर ब्यूरोले पक्राउ गरेको थियो । उनले बेलायत बस्ने एक महिलालाई इमेल र ह्वाट्स एपमार्फत अपशब्द प्रयोग गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो । ती महिला नेपाल आएपछि उजुरी दिएकी थिइन् ।
रास्वपामा नेता २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए ।








प्रतिक्रिया