एमाले नेता ऐन महर पक्राउ

2.6k
Shares

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन्।

साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनी बुधबार काठमाडौंको भोटाहिटीस्थित नेपाल प्रहरी साइबर ब्युरोमा आफैं उपस्थित भएका थिए। त्यसपछि ब्युरोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार पीडित रश्मिला धामीले हुलाकमार्फत जाहेरी पठाएपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो। धामीले पक्राउ पुर्जी माग्दै ब्युरो पुगेकी थिइन् तर तत्काल पाउन नसकेपछि फर्किएकी थिइन्। त्यसको केही समयमै महर आफैं प्रहरीसमक्ष पुगेका हुन् ।

अवस्थीले महरलाई थुनामा राखेर अनुसन्धान अघि बढाइने बताए । उनका अनुसार, महरलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

महरविरुद्ध मुद्दा चल्ने वा नचल्ने भन्ने विषय अदालतको आदेशपछि मात्र टुंगो लाग्ने प्रवक्ता अवस्थीले जानकारी दिए ।