दुर्घटनाको जोखिम बढेपछि फोर्डले ३ लाखभन्दा बढी गाडी फिर्ता लिने

189
Shares

एजेन्सी । फोर्ड मोटर कम्पनीले बजारबाट ३ लाखभन्दा बढी गाडी फिर्ता लिने भएको छ ।

अमेरिकाको नेशनल हाईवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन (एनएचटीएसए) का अनुसार, ती गाडीहरूमा रहेको कमजोरीले दुर्घटनाको जोखिम बढाउन सक्ने भएकाले फिर्ता लिइएका हुन् ।

फोर्डको कार चलाउँदा पावर ब्रेकमा समस्या देखिएको छ जसले गर्दा गाडी तत्कालै रोक्न सकिँदैन र अर्को गाडीसँग ठोकिने जोखिम बढ्छ भनी रोयटर्स समाचार संस्थाले खबर दिएको छ ।

कुल ३ लाख १२ हजार १ सय २० गाडीमा यो समस्या देखिएको बताइन्छ । गाडीको इलेक्ट्रिक ब्रेक बुस्टर चलाउँदै गर्दा बिग्रने समस्या देखापरेको हो । विशेषगरी लिंकन नेभिगेटर, फोर्ड ब्रोन्को, फोर्ड एक्सपिडिशन, फोर्ड एफ–१५० र फोर्ड रेन्जरमा समस्या देखिएको छ ।

फोर्ड गाडीका प्रयोगकर्ताहरूलाई ईमेल पठाएर तत्कालै फोर्ड डिलरसँग सम्पर्कका लागि आग्रह गरिने एनएचटीएसएले जनाएको छ ।