१८७ वटा जिली ईएक्सफाइभ बुक, यस्तो छ ५० वर्ष टिक्ने बुलेटप्रुफ ब्याट्री भएको कार


काठमाडौं । नाडा अटो शोमा १८७ वटा जिली ईएक्स फाइभ विद्युतीय गाडी बुकिङ भएको छ । ड्रिमस्मार्ट चाइनाको अधिकृत आयातकर्ताको रुपमा नेपालमा जिलि कार भित्र्याउने एलआरआर मोटर्सले करिब २०० वटा गाडीहरुको बुकिङ लिँदै किर्तिमान कायम गरेको बताएको छ ।

म्याक्स र प्रो गरी दुईवटा भेरियन्टमा प्रदर्शनीमा राखिएको ईएक्स फाइभको स्टलमा ठूलो संख्यामा दर्शकको भिड लागेको थियो । अत्याधुनिक प्रविधि, अधिक रेञ्ज, र आकर्षक डिजाइनका कारण ईएक्स फाइभले भरपर्दो, प्रिमियम र स्टाइलिस ईभी खोज्ने ग्राहकहरूलाई प्रभावित पारेको बताइएको छ ।

गाडी निर्माता जिली होल्डिङ ग्रुप आफैंले उत्पादन गरेको यो ब्याट्रीले आठ वटा निडल परिक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणित यस ब्याट्रीको आयू ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्ष) रहेको छ जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रीको क्षमताभन्दा धेरै हो । साथै आयातकर्ता एलआरआर मोटर्स्ले जिलीका गाडीहरुको ब्याट्रिमा आठ वर्ष वा एक लाख ६० हजार किमिसम्म वारेण्टि समेत दिएको छ ।

एलआरआर मोटर्सका अनुसार, नाडामा ईएक्स फाइभको सफलताले कम्पनीको वातावरणमैत्री यातायात प्रवद्र्धन गर्ने र नेपालको हरित गतिशील भविष्यलाई समर्थन गर्ने दृष्टिकोणलाई अझ सबल बनाएको छ । बुक गरिएका गाडीहरूको डेलिभरी आजैदेखि सुरु हुने कम्पनीले जनाएको छ ।