
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेको नेता भनेर सम्बोधन गरेका छन् ।
मदन भण्डारी फाउण्डेशनको सम्पर्क कार्यालय उद्घाटन समारोहमा उनले भण्डारीलाई एमालेकी पूर्वउपाध्यक्षको रूपमा सम्मान दिँदै संबोधन गरेका हुन् ।
पोखरेलले कार्यक्रममा झट्ट हेर्दा सानो भए पनि महत्त्वपूर्ण सन्देश दिने बताए । भण्डारीलाई साथ दिन पोखरेलसहित अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीसहितका नेताहरू उपस्थित भएका थिए।
यसै समारोहमा वरिष्ठ उपाध्यक्ष पोखरेलले फाउण्डेशन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वैचारिक संघर्षको पनि स्मरण गराए । उनले बताए कि फाउण्डेशन ओलीको सान्निध्यमा अघि बढेको र पार्टीभित्र विभिन्न आरोपहरू आइरहँदा पनि वैचारिक लडाईँ यही फाउण्डेशनमार्फत लडिएको हो । पोखरेलले ओलीले पार्टीभित्र विचारको झण्डा बोकेर अघि बढ्दा फाउण्डेशनले महत्वपूर्ण भूमिका खेलेको पनि औँल्याए ।








प्रतिक्रिया