उत्तर कोरियाले चीन सीमानजिक गोप्य सैनिक अड्डा बनाएको दाबी, अमेरिका सतर्क

1.3k
Shares

एजेन्सी । उत्तर कोरियाले चीन सीमानजिक गोप्य सैन्य अड्डा बनाएको नयाँ अनुसन्धानमा दाबी गरिएको छ । त्यसमा उत्तर कोरियाको लामो दूरीको बलिस्टिक क्षेप्यास्त्रहरू राखिएको बताइएको छ ।

सिनपुङ–दोङ क्षेप्यास्त्र अड्डा चीन सीमाबाट करिब २७ किलोमिटर टाढा रहेको र त्यसको आधिकारिक घोषणा नगरिएको अमेरिकाको वाशिङटनमा रहेको सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीज (सीएसआईएस) ले बुधवार प्रकाशन गरेको प्रतिवेदनमा उल्लेख छ ।

उत्तर प्योनगान प्रान्तमा रहेको उक्त सैन्य अड्डामा ६ देखि ९ वटा आणविक क्षमतायुक्त अन्तर्महादेशीय बलिस्टिक क्षेप्यास्त्र तथा तिनीहरूको प्रक्षेपक राखिएको प्रतिवेदनमा लेखिएको छ ।

ती हतियारले पूर्वी एसिया र अमेरिकालाई समेत आणविक जोखिममा पार्ने बताइएको छ ।

उत्तर कोयिाले सन् २०१९ मा अमेरिकासँगको शिखर सम्मेलन असफल भएपछि आणविक हतियार कार्यक्रमको गति बढाएको छ । उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले देशको आणविक हतियार क्षमता द्रुत गतिमा बढाउन आग्रह गरेका छन् ।

सीएसआईएसका आफ्ना विश्लेषकहरूलाई उद्धृत गर्दै दाबी गरेअनुसार, संकट वा युद्धको समयमा उत्तर कोरियाले क्षेप्यास्त्रहरू उक्त गोप्य अड्डाबाट निकालेर देशका अन्य भागमा लगेर प्रक्षेपण गर्न सक्छ ।

उत्तर कोरियाले बलिस्टिक क्षेप्यास्त्र रणनीतिलाई विकास गर्दै रणनीतिक तहको आणविक निवारण र आक्रमण क्षमतालाई विस्तार गरेको छ । सिनपुङ–दोङ क्षेप्यास्त्र अड्डा त्यसैको एक हिस्सा हो ।