
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले राजनीति गर्न छोड्दा गर्ल्यामगुर्लुम्मै हुन्छ जस्तो लाग्ने गरेको टिप्पणी गरेका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्।
उनले साहित्यमा लाग्नबाट आफूलाई दिनदिनैको राजनीतिको चटारोले समय नमिलेको जिकिर गरे ।
उनले देशको राजनीतिको खाँबो आफैँले धानाको जस्तो लाग्ने गरेको बताए ।
आफूले राजनीतिक खाँबो छोडिदिएपछि सबै भत्किहाल्छ की जस्तो हुने गरेको उनको भनाइ छ ।
नेपालको राजनीतिको जिम्मा आफ्नो काँधमै पूरै रहेको जस्तो महशुस हुने उनको तर्क छ ।
‘हुनतः म सरकारको नेतृत्वमा पनि छैन । प्रमुख प्रतिपक्ष दलको नेता छु । तर यस्तो लाग्छः देशको राजनीतिको खाँबो मैले छोडिदिएँ भने भत्किहाल्छ की ? गर्ल्यामगुर्लुम्म ढलिहाल्छ की जस्तो लाग्छ । पूरै जिम्मा मेरै काँधमा भएको जस्तो,’ प्रचण्डले भने, ‘हुनतः कहिले कहीँ सोच्छु जीवन त यस्तो हुँदैन । मान्छे भएपछि निश्चित अवधिसम्म गर्ने हो त्यसपछि प्रकृतिको नियमअनुसार शाश्वत कुरा त मरिन्छ, गाडी अर्कोले लैजान्छ । जिम्मेवारीवोध भनेको यस्तो हुँदो रहेछ की अन्तिम अवस्था नहुन्जेलसम्म जिम्मेवारीले थिचिरहने ।’








प्रतिक्रिया